मध्य रावाखोला हाइड्रो निर्माण दुर्त गतिमा, १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं। २.५ मेगावाटको मध्य रावाखोला जलविद्युत आयोजनाको निर्माण दुर्त गतिमा अगाडि बढेको छ।खोटाङ जिल्लामा रहेकोमा मध्यरावा खोला जलविद्युत आयोजनाको जिम्मा हलेसी ऊर्जा प्रालि कम्पनीले लिएको हो।

हलेसी ऊर्जा प्राली कम्पनी २०७५ सालमा स्थापित कम्पनी हो हाल यसको अधिकृत पुँजी २० करोड रहेको छ भने जारी पूँजी ५ करोड २० लाख रहेको छ। मध्यरावा खोला जलविद्युत आयोजनाको जिम्मा हलेसी ऊर्जा प्राली कम्पनीले निर्माण र सञ्चालन गर्न अनुमति पत्र पाएसँगै यो आयोजनाको निर्माण कार्यले द्रुत गति लिएको छ। आयोजनाले उत्पादन गरेको विद्युत खरिद बिक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता पनि भइसकेको छ भने कम्पनीले आयोजनाका लागि आवश्यक पर्ने इलेक्ट्रो मेकानिकल इकुपमेन्ट , पावर हाउसमा जडान हुने जेनेरेटर टर्बाइन लगायतका आवश्यक सामग्रीहरू पनि ल्याइसकेको र पाइपलाइनको लागि एल सी समेत खोलिसकेको छ।

 

News Copied  By : नयाँदैनिकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

खुद नाफा बढ्यो, जगेडा कोष ९८ करोड ऋणात्मक।

विद्युत बिक्री आम्दानी बढेपनि यसकारण घट्यो नाफा ।

विद्युत बिक्रीबाट आम्दानी बढेपछि नाफामा सुधार ।

Public Notice Regarding Hydroelectric Project

Public notice for suggestions on the Environmental Impact Assessment

एकसाथ बोलायो बहुबर्षीय साधारणसभा, कम्पनीको अबस्था स्पष्ट पार्नेदेखि मर्जमा जानेसम्मका प्रस्ताव।